दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा शवकाे खोजी कार्य जारी

Photo - rochakinfo
Photo - rochakinfo

चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ।

१३२ यात्रु सवार चाइना इस्र्टनको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो।

छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सीसीटीभीले जनाएको छ। सो विमान सोमबार दिउँसो  कुन्मिङ शहरबाट गुआन्झोउका लागि उडेको थियो।

प्रकाशित मिति: : 2022-03-22 11:36:00

प्रतिकृया दिनुहोस्