खाद्य पदार्थको छनोट, खरिद लगायका विषयमा उपभोक्ता सचेत हुन सके अखाद्य वस्तुको विक्री वितरण र ठगीसमेत नियन्त्रणमा आउने सरोकारवालाहरुले बताएका छन्।
जुम्लामा आयोजित कार्यक्रममा नेपालमा खाद्य स्वच्छता र गुणस्तरका विषयमा उपभोक्तामा सचेतना नहुँदा समस्या देखिएकोमा जोड दिइएको छ।
म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या प्रसस्तै देख्न सकिने यस क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरु बताउँछन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले खाद्य पदार्थबारेको चेतना, विषादीको प्रयोगले समस्या थपिदिएको बताउँछन्।
त्यसैगरी, खाजा घरहरुमा बचेको तेल(घिउलाई पटक पटक प्रयोग गर्ने गरेको पनि देखिन्छ। त्यस्तै, जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी समस्या पनि बजारमा सुन्नामा आउने गरेका छन।
त्यस्तै उपरोक्त समस्याहरु केही जानी जानी त केही अन्जानमा वा हेलचेक्राइका कारणले हुने गरेको बताए। उनले भने, 'खाजा घरहरुमा बचेको तेल घिउको पुन प्रयोग, विषादीको प्रयोग लगायतमा उपभोक्ता स्वयं सचेत हुन आश्यक रहेको छ।'
उनले एन कानुन मात्रले यस्ता समस्या समाधान नहुने भन्दै सचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए।
सुवेदीले भने, 'खाद्य पदार्थको उपभोगले तत्कालिन वा दीर्घकालिन रुपमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असरको बारेमा बुझनु पर्छ। यसको बारेमा जानकारी हाम्रो दायित्व पनी हो। यो जनस्वास्थ्य सम्बन्धि विषय पनि हो।'
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकार बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयमा अर्गानिक खाजा खुवाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिइन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाएको खण्डमा यहाँको उत्पादनले मूल्य पाउने बताइन्।
बजारको खाजाले स्वास्थ्यमा असर हुने भएकाले सकभर कार्यक्रमहरुमा जिल्लाकै अर्गानिक खाजामा जोड दिन सबै सरकारी तथा गैरसरकारी निकायलाई उनले अनुरोध गरिन्। प्रजिअ प्रसाईले यो बर्ष बजार अनुगमनको कामलाई तिब्र बनाईएको र एक बर्षमा दुईलाख ४८ लाख छ सय ८९ रुपैयाँको मिति नाघेको खाद्य सामग्री नष्ट गरिएको जानकारी दिइन्।
जुम्ला र्गानिक जिल्ला घोषणा भएको लामो समय भइसकेकाले यहाँको उत्पादनको खाजा तथा खानामा खुवाउन सकेको खण्डमा किसानको आर्थिक स्तर बढ्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।