कांग्रेसले पालिकाअनुसार चुनावी घोषणापत्र बनाउँछ : उदयशमशेर राणा

File photo
File photo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन्। 

कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिनँभन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए।

उनले पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्ट पार्टीलाई दिए पनि त्यो हुन नसकेको बताए। कांग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक कांग्रेसलाई जिताउनुपर्छ, यो भनेको नेतालाई होइन, तपार्इं हामीआफैँ जित्नुपर्छ, ‘उनले भने। 

उनले आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र समेत बनाउन आवश्यक रहेको बताए।उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामा मात्र कांग्रेसले जितेकोले यसपटक राम्रो व्यवस्थापन मिलाउन  सके बहुमत पालिका जित्ने बताए।

एमसीसी प्रस्ताव नेपालको पूर्वाधार विकासका लागि माग गरिएको नेता राणाले बताए।एमसीसीको विषयमा कांग्रेसका नेताहरुको एउटै धारणा रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2022-03-13 17:30:00

प्रतिकृया दिनुहोस्