१८० किलो गाँजासहित हेटौँडाबाट ३ जना पक्राउ  

Symbolic photo
Symbolic photo

प्रहरीले मकवानपुरको हेटौँडाबाट एक सय ८०  किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-७ को सडकखण्डबाट उक्त गाँजा बरामद गरेको हो।

चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजासँगै हेटौँडा उपमहानगरपालिका-१६का बुद्धिमान वाइबा,अर्जुन स्याङतान र बिनोद पाख्रिनलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जनालाई थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-13 17:00:00

प्रतिकृया दिनुहोस्