नुवाकोटमा एक पुरूषले आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरेका छन्।
ककनी गाउँपालिका-१ नयाँबस्तीका ३३ वर्षीय भिमबहादुर बलामीले शनिबार राति आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
आमाको हत्या अभियोगमा प्रहरीले बलामीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
छोरा भिमबहादुरले मदिरा सेवनगरी ६५ वर्षीया आमा कान्छी बलामीकाे हत्या गरेको र हत्यापछि आमाको शव घरभित्रै लुकाएर राखेको प्रहरीले जनाएको छ।