नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन्।
संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन्।
यादवले १ हजार ७० मत प्राप्त गरेका छन्।
मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन्।
जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए। सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन। सुधा देव