रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस 

Photo - Agency
Photo - Agency

रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन आग्रह गरेकी हुन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन्।

उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ। पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो।

युद्ध बढ्न सक्ने जोखिम र विशेषत रसियाले गैर–परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे आफूहरु ‘धेरै चिन्तित’ भएको ती अधिकारीहरुले बताएका थिए। एजेन्सी

प्रकाशित मिति: : 2022-03-10 13:29:00

प्रतिकृया दिनुहोस्