अवैध रुपमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपरलाई स्थानीयले लिए नियन्त्रणमा

अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका छन्।

उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने एक वटा एक्स्काभेटर र पाँच वटा टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाएका हुन्। 

बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता वन क्षेत्रबाट एक्स्काभेटर र टिपर नियन्त्रण लिएर कारबाहीका लागि बुझाएको स्थानीयवासी जितबहादुर राना मगरले बताए।

उनका अनुसार  ढुंगा लोडसहित भएकाे टिपर र एक्स्काभेटरलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलालाई जिम्मा लगाइएकाे हाे।

प्रकाशित मिति: : 2022-03-09 15:31:00

प्रतिकृया दिनुहोस्