अमेरिकाद्वारा भूमिकालाई साहसी महिला अवार्ड प्रदान

अमेरिकाले २०२२को  अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड नेपालकी ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई प्रदान गरेको छ। हरेक वर्ष विश्वका साहसी महिलालाई प्रदान गरिदै आएको यो अवार्ड यस वर्ष भूमिकासहित विश्वका १२ साहसी महिलालाई प्रदान गरिएको छ। 

अन्तर्राष्ट्रिय नारी दिवशको अवसरमा यो अवार्ड अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने गर्छ। एक भर्चुअल कार्यक्रम आयोजना गरी भूमिक लगायत अन्य महिलालाई सम्मानति गरिएको नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ।

२००७ देखि नेपालमा तेस्रो लिङ्गीहरुको अधिकार र सामाजिक न्यायको वकालत गरिरहेकी भूमिकालाई आफ्नो समुदायको हक अधिकार स्थापना गर्न गरेको अथक संघर्षका लागि अवार्ड सम्मानित गरिएको जनाइएको छ। 

भूमिकाले २०२१ मा नागरिकतामा लेखिएको पुरूषलाई परिवर्तन गरी महिला बनाएकी थिइन् । 

भूमिका यो अवार्ड पाउँने दोस्रो नेपाली महिला हुन् । यसअघि २०२१ मा  तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले यो पुरस्कार प्राप्त गरेकी थिइन्। सबैभन्दा कम उमेरमा यो अवार्ड पाउक्ने कीर्तिमान मुस्कानकै नाममा छ।  

प्रकाशित मिति: : 2022-03-09 02:48:00

प्रतिकृया दिनुहोस्