जब राष्ट्रपतिले सुरुमै भने...

बाह्रखरी

काठमाडाैँ

बुवालाई राष्ट्रपतिको कार्यालय शीतलनिवासबाट फोन आयो । शीतलनिवासले तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले छोरा महेशलाई भेट्न चाहेको जानकारी दियो । बुवाले महेशलाई सुनाए ।

राष्ट्रपतिले बोलाउँदा पनि महेशमा खासै एक्साइटमेन्ट थिएन । कारण, बीबीसी, वर्ल्ड भिजन टेलिभिजनलगायत विश्वकै ठूलठूला मिडिया क्यामेराको लामो लेन्स तेर्स्याउँदै उनको डकुमेन्ट्री बनाउन घरमै पुग्थे ।

त्यसले नयाँ व्यक्ति र उनीहरूसँगको भेटको अनुभव गरिसकेका थिए । भयंकर उत्साह त थिएन, तर अब अवसरको ढोका खुल्ने भयो भन्ने कुराले मन फुरुंगचाहिँ भयो ।

राष्ट्रपतिको कार्यालयबाट फोन गएको तेस्रो दिन कास्कीबाट महेशका बाउ–छोरा शीतलनिवासको गेटमा टुप्लुकिए ।

प्रकाशित मिति: : 2022-03-05 09:07:00

प्रतिकृया दिनुहोस्