काबुलमा तालिबानले कब्जा गरेपछि पाकिस्तानमा आतंकवादी हमला झनै बढ्याे

बिएल संवाददाता

इस्लामाबाद 
photo: misswood via agency
photo: misswood via agency

गतवर्ष अगस्टमा अफगानिस्तानमा तालिवानको कब्जाले देशमा पाकिस्तानमा आतंकको अवस्थालाई झनै बिग्रिएको छ। अफगानीस्तानमा तालिवानको उदयलाई पाकिस्तानमा व्यापक रूपमा मनाइएको थियो।

इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट फर पीस स्टडीज (पीआईपीएस) अनुसार सन् २०२१ मा आतंकवादी घटनामा गत वर्षको तुलनामा ४२ प्रतिशतले ठूलो वृद्धि भएको मंगलबार न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ।

काबुल तालिवानको हातमा परेपछि आतंकवादी घटनाहरूमा उल्लेखनीय वृद्धि भएको छ। पीआईपीएस प्रतिवेदनले अफगानिस्तानमा भएको परिवर्तनले ‘आफ्नो सुरक्षालाई खतरामा पार्ने आतङ्ककारी समूहहरूसँग लड्ने पाकिस्तानको प्रयासलाई कुनै पनि हिसाबले सहयोग गरिरहेको छैन’ भनी उल्लेख गरेको छ।

सन् २०२० को अन्त्यसम्ममा निकै कमजोर बनेको पाकिस्तानी तालिबान पुन: संगठित भएको छ र पाकिस्तानभर जबरजस्ती र्‍याकेट चलाउनमा संलग्न छ।

‘डरको कारण व्यापारीहरूले ठूलो मात्रामा जबरजस्ती पैसा तिर्न बाध्य छन्,’ द न्यूयोर्क टाइम्सले कराँचीमा बस्ने व्यापारी मुहम्मद आजमलाई उद्धृत गरेको छ।

‘यदि कुनै व्यापारीले तिर्न इन्कार गरेमा, लडाँकुहरूले आफ्नो माग पूरा गर्न डराउन घर नजिकै साना बम विस्फोट गराउँछन्। यदि उनीहरूले भुक्तानी अस्वीकार गरिरहन्छन् भने, आतंकवादीहरूले उनीहरूलाई वा उनीहरूको परिवारका सदस्यहरूलाई हानि पुर्‍याउँछन्,’ आजमले थप भने।

यस महिनाको सुरुमा प्रधानमन्त्री इमरान खानले सीएनएनसँगको अन्तर्वार्तामा भनेका थिए,‘अहिले हामीसँग एउटै विकल्प छ कि उनीहरू (तालिबान) सँग काम गर्नु र उनीहरूलाई विश्वले चाहेको कुराका लागि प्रोत्साहन दिनु हो।’

पाकिस्तानको शीर्ष नेतृत्वले भने नयाँ तालिबान शासनलाई अन्तर्राष्ट्रिय मान्यताको लागि बहस जारी राखेको छ।

प्रकाशित मिति: : 2022-03-04 09:35:00

प्रतिकृया दिनुहोस्