फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

File photo
File photo

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

 निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुर्याएको हो।  

यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य हो। 

यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ।

   

प्रकाशित मिति: : 2022-03-03 21:46:00

प्रतिकृया दिनुहोस्