सरकार भन्छ : पैसावाल मात्र भिजिट भिसामा जाने हो

थाहा खबर

काठमाडाैँ

वार्षिक १० लाख आम्दानी नहुने नेपाली अब भिजिट भिसामा विदेश घुम्न नपाउने भएका छन्। सरकारले भिजिट भिसामा विदेश जानका लागि कम्तिमा १० लाख रूपैयाँ वार्षिक आम्दानी हुनैपर्ने र ५ लाख रूपैयाँ खातामा देखाउनैपर्ने शर्त तेर्स्याएको छ।

भिजिट भिसामा विदेश गई रोजगारी गरी बस्ने, अलपत्र पर्ने गरेको निहुँमा यस्ता शर्त अघि सारेर विदेश भ्रमणमा नै बन्देज गर्न लागेको हो। सरकारले भिजिट भिसामा विदेश जान चाहने नेपालीका अगाडि सारेको शर्तअनुसार मासिक कमाइ कम्तिमा ८० हजार रूपैयाँ हुनु पर्छ।

सो सरहको मासिक पारिश्रमिक सह-सचिव र सचिवजस्ता उच्चपदस्थ सरकारी कर्मचारीको पनि छैन। यसरी सरकारले अगाडि सारेको शर्तअनुसार आर्थिक अवस्था कमजोर भएका मात्र नभएर मध्यम हुनेहरूले विदेश भ्रमणमा जान पाउने छैनन्।

प्रकाशित मिति: : 2022-03-03 20:26:00

प्रतिकृया दिनुहोस्