नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ।
स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्स को सीमा घटाइएको हो।
अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ। केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो।
यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो।