पुटिनद्वारा आणविक हतियारका ‘हाई अलर्ट’मा रहन सेनालाई आदेश

फोटो: FINABEL

पुटिनले सेनालाई आणविक हतियारका लागि आफ्ना सेनाप्रमुखलाई 'हाई अलर्ट' रहन सन्देश दिएलगत्तै युक्रेन रुससँग वार्ता गर्न सहमत भएको सन्देश पठाएको छ।

युक्रेनजनताहरुको नरसंहारको लागि पुटिनले योनजा बनाएको भन्दै संयुक्त राष्ट्रसंघको अदालतमा मुद्दा दायर गरेपछि पुटिनले युद्दलाई झन आक्रमक बनाउँदै लगेका थिए भने हिजो मात्रै आणविक हतियार प्रयोगको लागि समेत तयार रहन आफ्ना सेनालाई निर्देशन दिएको अमेरिकन समाचार माध्यमहरुले बताएका छन।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतवार ट्वीटरमा भनेका छन 'आक्रमणको औचित्य प्रमाणित गर्न नरसंहारको धारणालाई हेरफेर गरेकोमा रूसलाई जवाफदेही बनाउनुपर्छ। रसियालाई अहिले सैन्य गतिविधि बन्द गर्न आदेश दिने तुरुन्त निर्णयको अनुरोध गर्दछौं।'

बिहीबारवाट युक्रेनमा रुसी आक्रमण सुरु भएयता  करिव ३ लाख  भन्दा बढी युक्रेनीहरू युरोपियन युनियन मुलुकहरुमा भागेको बताइएको छ। 

प्रकाशित मिति: : 2022-02-28 04:18:00

प्रतिकृया दिनुहोस्