राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको छ। कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई गीव्रता दिएको हो।
शुक्रबार राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ। शिवकुमार बाँस्तोलाको अध्यक्षतामा कास्कीमा राप्रपा नेपालले २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो।
यस्तै राप्रपा नेपालले बाँके जिल्ला संयोजक पनि तोकेको छ। दीपेन्द्र बहादुर सिंहको नेतृत्वमा बाँकेमा समिति गठन गरिएको हो। हुम्लाले पनि राप्रपा नेपालको नेतृत्व पाएको छ। हुम्ला संयोजकमा सुमन रावत चयन भएका छन् र, पार्टीले चितवन जिल्ला संयोजकको जिम्मेवारी विष्णु खराललाई दिएको छ।
अन्य जिल्लामा पनि चाँडै जिल्ला कार्य समिति विस्तार गर्ने राप्रपा नेपालले जनाएको छ।