रूसी सेनाकाे निरन्तर आक्रमण, युक्रेनी टापूमाथि कब्जा

photo: RT
photo: RT

रूसले छिमेकी देश युक्रेनमाथि निरन्तर सैन्य आक्रमण गरिरहेकाे अधिकारीहरूले जनाएका छन्।

रूसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला शहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेको युक्रेनकाे दाबी छ।

रूसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापूमाथि युक्रेनले नियन्त्रण गुमाएको बीबीसीले जनाएको छ।

युद्धपोतबाट रूसी पक्षले आत्मसमर्पण गर्न भनेपछि स्नेक आइल्यान्डमा रहेका सीमा सुरक्षा गार्डहरूले सानो स्तरमा र अवज्ञाकारी सन्देशमार्फत्‌ प्रतिवाद गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

लगत्तै रूसी पक्षले गरेको बमबारीमा युक्रेनी सीमामा परिचालित १३ सुरक्षाकर्मीको ज्यान गएको थियो।

उनीहरूलाई 'युक्रेनका नायक' का रूपमा सम्मानित गरिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

प्रकाशित मिति: : 2022-02-25 11:03:00

प्रतिकृया दिनुहोस्