पुटिनद्वारा पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा, सीमाक्षेत्रमा लाखाैं सेना तैनाथ 

Photo-AP
Photo-AP

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही' को घोषणा गरेका छन्।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमाजिकै रुसले 'झन्डै २,००,००० सेना र हजारौं लडाकु गाडी तैनाथ गरेको' बताएका छन्।

बिहीबार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेकाे बीबीसीले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-02-24 10:48:00

प्रतिकृया दिनुहोस्