निर्वाचनको तयारीमा जुट्यो एनआरएनए जापान, प्रधानांगको तदर्थ समितिले थाल्यो कार्य

जापानमा भएको चुनाव, चुनावमा भएको इमेल ह्याक र त्यसबाट उत्पन्न समस्या समाधान गर्न बनेको उच्चस्तरीय समितिको सामूहिक निर्णयबाट बनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको तदर्थ समितिले आफ्नो कार्य थालेको छ।

जुलाई ३० मा सम्पन्न (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको कुरालाई मध्यनजर राख्दै उच्चस्तरीय समितिले राजन प्रधानांगको नेतृत्वमा तदर्थ समिति गठन गर्न निर्देशन दिएको थियो।

समितिको उक्त निर्णयपछि एनआरएनए जापानका संस्थापक अध्यक्षसमेत रहेका प्रधानांगको समितिले उच्चस्तरीय समितिको निर्णयलाई स्वागत गर्दै आफ्नो कार्यको थालनी सुरु गरेको हो।

समितीले दिएको म्यान्डेटअनुसार प्रधानांगको समितिले जापान एनआरएनएको २०२१–२०२३ को निर्वाचन र जापानबाट आईसिसीमा डेलिगेट्स पठाउने बारेमा थालनी सुरु गरेको हो।

प्रधानांगले निर्वाचन गर्नका लागि समितिमा विभिन्न व्यक्तिलाई मनोनित गरेका छन्। डाक्टर केदार शंकर श्रेष्ठ, विजेश थकाली, नारायण स्टेभेन्स र रमेश बाबु घिमिरे मनोनित गरेका छन्।

त्यस्तैगरी निर्वाचन सम्पन्न गराउन समन्वय उप–समिति समेत गठन गरिएको छ। विकाश श्रेष्ठको संयोजगत्वमा गठन गरिएको समितिमा पेम्बा शेर्पालाई राखिएको छ।

निर्वाचन गराउन आवश्यक परेका बेला समितिले अन्य व्यक्तिलाई समेत मनोनित गर्न सकिने प्रधानांगले बताएका छन्।

प्रधानांगले मंगलबार एक अपिल जारी गरी उच्चस्तरीय समितिले दिएको म्यान्डेटलाई कदर गर्दै आफूले थालेको कार्यमा सघाउन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-02-23 17:25:00

प्रतिकृया दिनुहोस्