विश्वकप छनाेट: यूएईले नेपाललाई दियाे १७६ रनकाे लक्ष्य [अपडेट]

आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटको सेमिफाइल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाललाई १ सय ७६ रनकाे लक्ष्य दिएकाे छ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएई पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ७५ रन जाेड्याे।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले। भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे। जवार फारिदले ११ तथा रोहन मुस्तफा ९ रन बनाए।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट लिए।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन्।

प्रकाशित मिति: : 2022-02-22 17:13:00

प्रतिकृया दिनुहोस्