आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपाल आज (सोमबार) क्यानडासँग भिड्दै छ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडासँग खेल्ने छ। नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ। नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो।
आजकाे खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ। यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ। यस्तो अवस्थानमा झिनो अन्तरले पराजित भए पनि नेपालल सेमिफाइनलमा पुग्न सक्छ।
अर्काे खेलमा ओमान र फिलिपिन्स भिड्दैछन्। यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ। यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ। रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन्। हार नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ। क्यानडाको २ दशमलब ५१२ रहँदा ओमानको माइनस शून्य दशमलब ५६३ छ।