बेलायतकी महारानी एलिजाबेथलाई काेराेना संक्रमण

Photo - REUTERS
Photo - REUTERS

बेलायती महारानी एलिजाबेथलाई काेराेना संक्रमण भएकाे छ।

बनकिङ्घम दरबारले विज्ञप्ती जारी गर्दै ९५ वर्षीया महारानीलाई कोरोना लागेको र हाल उपचार भइरहेको जनाएको छ।

गत अक्टोबरमा एक अनिश्चित रोगको कारण अस्पतालमा एक रात बिताएकी उनले डाक्टरहरूले आराम गर्न सल्लाह दिएपछि काेराेनाविरूद्धकाे खाेप समेत लगाएकी थिइन्।

आउँदो सातादेखि कोभिड सम्बन्धी सबै प्रतिबन्ध हटाउने घोषणा गरेकाे बेला माहरानीलाई काेराेना संक्रमण पुष्टी भएकाे राेयटर्सले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-02-20 18:36:00

प्रतिकृया दिनुहोस्