प्रचण्ड भर्सेज बिना : ससुराकै अघि बुहारीको चर्को आवाज 

File Photo
File Photo

आइतबार बसेको संसद बैठकमा एमसीसी टेबल भइसकेको छ। तर टेबल भए पनि बैठक हलमा भने विभिन्न रमाइला दृश्यहरु देखिए।

भयो के भने अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गर्दै थिए। तर उनले बोल्न सुरु गरेसँगै केही सांसदहरुले विरोध गर्दै नाराबाजी गरे भने केही सांसदहरुले समर्थन जनाउँदै चुपचाप आफ्नो सिटमै बसिरहे।

त्यहीबेला देखियो एउटा रोचक दृश्य, प्रचण्ड र बिना मगरको। नाताले उनीहरु ससुरा बुहारी हुन्। हलको अगाडि रहेको सिटमा प्रचण्ड गठबन्धनकै सहमतिअनुसार समर्थन गर्न चुपचाप बसिरहेका थिए। उनको बुहारी बिना मगर भने विरोधस्वरुप चर्को आवाज निकालेर नारावाजी गरिरहेकी थिइन्।

नाताले ससुरा बुहारी परेपनि बैठकमा भने त्यसको कुनै प्रभाव देखिएन। भन्नेहरुले त यस्तोसम्म भने कि, ससुराकै अघि बिनाको कत्रो आवाज हेर त!

जे भए पनि माओवादी कार्यकर्ताहरुले भने राजनीतिक विषयले परिवारिक सम्बन्धमा दरार आउन नहुने बताए।

प्रकाशित मिति: : 2022-02-20 20:15:00

प्रतिकृया दिनुहोस्