ब्राजिलको पहिरोमा अझै १९१ बेपत्ता

बिएल संवाददाता

रियो दि जेनेरियो
symbolic photo
symbolic photo

ब्रजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढी पहिरोमा अझै २०० जना हराइरहेको विवरणहरु सार्वजनिक भएका छन्।

मुसलधारे वर्षाका कारण आपतकालीन समूहहरुलाई बाढीमा फँसेको व्यक्तिको उद्दारमा कठिनाइएको छ। बाढी पहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्दारको आशा अब हराउन थालेको समूहहरुले बताएका छन्।

बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेका अधिकारीहरुले बताएका छन्।

९०० भन्दा बढीलाई विद्यालय र आश्रयहरुमा राखिएका छन्। शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए। उद्दार कार्यमा स्वंयमसेवकहरुको समूहले पनि सहयोग गरेको छ। केही क्षेत्रमा हाते औजारले खोजेलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ। उद्दारमा ४२ ओटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन्।

‘यहाँ ठूला औजारहरु ल्याउन असम्भव छ,’स्थानीय अग्नि विभागको विशेष उद्दार समूहका संयोजक रोबेर्टो अमरालले भने, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’
 

प्रकाशित मिति: : 2022-02-20 11:24:00

प्रतिकृया दिनुहोस्