सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताहरू कोटेश्वरमा

एमसीसी सम्झौताबारे सत्ता गठवन्धनको बैठकअघि साझा धारणा बनाउन माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू कोटेश्वरमा भेला भएका छन्।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित दृश्यलाई मध्येनजर गर्दै एमसीसी विरोधीका रुपमा चिनिएका यी पार्टीका शीर्ष नेताहरू बालुवाटार जानुअघि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर जुटेका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता नारायणकाजी श्रेष्ठसहित जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई पनि कोटेश्वर पुगेका छन्।

आन्तरिक बैठकमा अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, राजेन्द्र श्रेष्ठ समेत नेपालनिवास छलफलमा जुटेको स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2022-02-20 10:30:00

प्रतिकृया दिनुहोस्