एमसीसीको सकस : प्रचण्डभन्दा माधव नेपाल लचक !

रातोपाटी

फणीन्द्र नेपाल

 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘लफडा’ थप दुई दिन लम्बिएको छ। सत्तारुढ दलका नेताहरुबीच बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै छलफलमा आगामी आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्न र त्यसबेलासम्म दलहरुबीचको वार्ता र संवादलाई पनि निरन्तरता दिँदै निकासको बाटो पहिल्याउन नेताहरु सहमत भएका हुन्। सत्तारुढ दलबीच आइतबार बिहान पुनः छलफल गरी सोही दिन एमसीसी टेबल हुने गठबन्धनका नेताहरुको भनाइ छ।

त्यसअघि फागुन ७ गते शनिबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्नेछ। फागुन सात गते बस्ने एकीकृत समाजवादीको बैठकले एमसीसीबारे पार्टीको स्पस्ट धारणा सार्वजनिक गर्नेछ। शुक्रबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने जोडबलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा आइतबारसम्म कुर्न तयार भएका हुन्।

नेकपा माओवादीसँगै एमसीसीको विरोधमा रहेको नेकपा समाजवादीले अहिलेसम्म संस्थागत निर्णय नगरेपनि सकारात्मक बन्न सकेको छैन। यद्यपी बिहीबार बेलुका र शुक्रबार बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष नेपाल एमसीसीप्रति केही ‘लचक’ बनेको काँग्रेस नेताहरुको दावी छ।

प्रकाशित मिति: : 2022-02-18 15:55:00

प्रतिकृया दिनुहोस्