आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’को पहिलो खेलमा नेपालले आज (शुक्रबार) घरेलु टोली ओमानको खेल्दै छ। खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ।
ग्लोबल क्वालिफायर ‘ए’ मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा छन्।
छनोटको समूह '‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ।