देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, गठबन्धन बैठक सर्‍यो

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएकाे छ। एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्नअघि बिहीबार बिहान दुई नेताबीच छलफल भएको हो।

भेटमा दुई नेताबीच एमसीसीका विषयमा छलफल भएकाे बालुवाटार स्राेतले जनाएकाे छ। एमसीसीका विषयमा अझै पनि दुबै नेताकाे आ–आफ्नै अडान कायमै छ।

दुई नेताकाे छलफलपछि ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ। गठबन्धन बैठकअघि शीर्ष नेताहरू सहमतिकाे प्रयासमा लागिरहेकाे स्राेतले बताएकाे छ।

बुधबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्ने तयारी गरेकाे थिए। तर, बैठक बस्नुअघि नै प्रचण्डले देउवालाई भेटेर आज सहमति गर्ने गरी एमसीसी संसदमा टेबल हुनबाट राेकेका थिए।

 

प्रकाशित मिति: : 2022-02-17 10:16:00

प्रतिकृया दिनुहोस्