'भ्यालेन्टाइन डे' मा बढ्यो फूल किन्नेको भीड [भिडियो]

शनि शाक्य

काठमाडौं

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस। विशेष गरी प्रेमीहरुले मनाउने चार्ड। 

यस दिन प्रेमी प्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गर्छन्। 

आजका दिनमा अक्सर प्रेमीहरुले भन्ने गर्छन्–‘विल यु वि माई भ्यालेन्टाइन’। प्रेमको प्रतीक मानिने रातो गुलाफको फूल दिएर यो शब्द भनिने गरिन्छ। 

त्यसैले नै आज शहरका पसलहरु रातो गुलाफ र गिफ्टहरुले सजिएको छ। आफ्नो प्रेमको लागि फूल किन्नेहरुको त पसलमा भीड नै लागेको छ।

प्रकाशित मिति: : 2022-02-14 12:17:00

प्रतिकृया दिनुहोस्