युक्रेनमा आक्रमण हुनसक्ने भन्दै एक दर्जन राष्ट्रहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्दै

Photo - REUTERS
Photo - REUTERS

रुसद्वारा आक्रमण हुनसक्ने भन्दै एक दर्जनभन्दा बढी देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन्। अमेरिका, बेलायत र जर्मनी लगायतका देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न भनेका हुन्।

एक फोन कलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि रूसी नेता भ्लादिमिर पुटिनलाई कुनै पनि आक्रमण हुन सक्ने चेतवानी दिएका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने आक्रमण चेतावनीहरूले आतंक फैलाउन सक्छ बताएका छन्र।

ह्वाइट हाउसले कुनै पनि समयमा आक्रमण हुनसक्ने र हावाबाट बमबारी गर्न सक्ने चेतावनी दिएकाे बिबिसीले जनाएकाे छ। रूसले त्यस्ता आरोपहरूलाई उत्तेजक अनुमानको रूपमा चित्रण गरेको छ।

त्यस्तै क्यानाडाले पनि आफ्नो दूतावासका कर्मचारीहरूलाई पोल्याण्डको सीमाना नजिकै ल्भिभमा सार्ने तयारी थालेकाे छ। 

मस्कोले युक्रेनको सीमानामा एक लाख सेना तैनाथ गरेको छ तर आक्रमण गर्ने कुनै चाहान नरहेकाे बताएकाे छ।

प्रकाशित मिति: : 2022-02-13 08:51:00

प्रतिकृया दिनुहोस्