भारतको गुजरातस्थित कठियावाडमा उनको जन्म भयो। उनी अर्थात् गंगा हरजीवनदास। जो गंगूबाईको नामले चर्चित छिन्।
सन् १९३९ मा जन्मिएकी उनको सानैदेखिको सपना थियो, ‘मुम्बई गएर हिरोइन बन्ने।’ जसका लागि उनी मुम्बई जान चाहान्थिन्। तर, उनको सपनाको पूरै विरुद्धमा थिए, उनकै मातापिता।
उनका पिता पेशाले एक वकील थिए। त्यसैले उनलाई फिल्म क्षेत्रमा जान वञ्चित गरिएको थियो।
जब उनी १६ वर्षकी थिइन्, तब उनले रमणीक लाललाई प्रेम गर्न थालिन्। जो उनकै पिताका लेखापाल थिए। विस्तारै एकअर्काको प्रेममा परेका उनीहरुले विवाह गर्ने निर्णय गरे।
उनीहरूकाे प्रेमलाई गंगाको मातापिताले सिधै अस्वीकार गरे। मातापिताका निर्णयबाट दुखी भएका उनीहरुले भागेर विवाह गर्ने योजना बनाए। त्यसैले उनीहरुले घरबाट भागेर विवाह गरे, अनि मुम्बई गए। जुन गंगाको सपनाको सहर थियो।
विवाह गरेको सुरुवाती दिनहरुमा प्रेमिल सम्बन्ध भएका उनीहरुकबीच विस्तारै दरार आउन थाल्यो। स–सानो कुराले पनि उनीहरुको झगडा हुन थाल्यो।
कसरी बनिन् गंगाबाट गंगूबाई ?
एउटा भनाई छ– जब गोजीमा पैसा हुँदैन, तब मान्छे पागल हुन थाल्छ। त्यही नै रमणीकसँग भयो। गुजरातबाट भागेर आएका उनीहरुसँग विस्तारै खानापिनको अभाव हुन थाल्यो।
उनीहरुसंग पैसा कमाउनका लागि न कुनै जागिर थियो, न त बस्नको लागि कुनै राम्रो ठाउँ नै। आर्थिक अभावले गर्दा रमणीकले मात्र ५०० मा आफ्नो श्रीमतीलाई मुम्बईको एक चर्चित ठाउँ ‘रेड लाइट एरिया’ मा कमाठीपुराकी एक कोठीवालीसँग बेचिदिए।
कोठीमा बेच्ने बेलामा गंगालाई रमणीकले भनेका थिए, ‘मेरो आन्टीको घरमा बस्दै गर, पैसा कमाएर आउनेछु।’ रमणीकको कुरामा विश्वास गरेकी उनले केही समयमै थाहा पाइन् कि उनी आन्टीको घरमा नभई एक ‘वेश्यालय’ मा रहिछिन्।
श्रीमान गएको महिनादिन बितिसक्दा पनि आफूलाई लिन नआएपछि उनले सोच्न थालिन्, ‘अब मेराे घर नै यही हो।’ त्यसैले उनी गंगाबाट एक ‘यौनकमी’ अर्थात् गंगू बनिन्।
उनी कमाठीपुराकी नाम चलेकी ‘प्रोस्टिटुड’ बनिन्। जहाँका ‘गुण्डा’ थिए, शौकत खान। जसले गंगूको बारेमा सुनेका थिए। उनी रुपले राम्री देखिन्छन्। त्यसैले शौकत गंगूलाई भेट्न कोठीमा पुगे।
कोठी पुगेका खानले गंगूलाई जर्बरजस्ती करणी गर्नका साथै रगताम्य हुने गरी कुटे-त्यही पनि बिना पैसा। खानले दिनदिनै आफूप्रति गरेको व्यवहार देखेर उनले खानलाई सजाय दिने निर्णय गरिन्।
जसका लागि उनले खानको ठेगाना पत्ता लगाइन्। जो करीम लालाको मान्छे थिए। गंगूले न्यायको गुहार माग्न करीमसँग भेट गरिन्।
उनी पहिलो महिला थिइन्–जो चर्चित ‘गुण्डा’ लालाको अगाडि गएकी थिइन्। लालाले गंगूलाई न्याय दिने आश्वाशन दिए। जसबाट प्रभावित भएकी गंगूले लालालाई ‘राखी’ बाधेँर दाई बनाइन्।
गंगूलाई न्याय दिने बाचा गरेका लालाले खानलाई गंगूको कोठीमा नै अधमरा हुने गरी कुटे।
खानलाई कुटेपछि लालाले गंगू आफ्नो बहिनी भएको बताउँदै उनीसँग कसैले गलत गरे ज्यान लिने धम्की समेत दिए। त्यही घटनाबाट गंगूको नाम गंगूबाई बन्यो।
गुण्डाकी बहिनी बनेकी गंगूबाईको कोठीमा आउनका लागि पुरुषहरु पनि डराउन थाले। उनले कोठीका महिलाहरुलाई न्याय दिन थालिन्। उनले कोठीमा बेचिएकी महिलाहरुलाई घरमै पुर्याएर उद्धार गरिन्।
गंगूले गरेको कामको चर्चा यति बढ्यो कि उनलाई भेट्न मान्छे कोठीमा नै आउन थाले। उनले मैदानमा भाषण गर्दा मान्छेको भीड लाग्ने गर्थ्यो
उनी भन्ने गर्थिन्-'कमराठीपुरकी महिला नभएको भए मुम्बईको सडक असुक्षित हुन्थ्यो। किनकी दानवको सबै अत्याचार यहाँका यौनकमीले सहने गर्छिन्। जसलाई मान्छेले तल्लो स्थानमा राख्ने गरेका छन्।'
प्रधानमन्त्रीलाई विवाहको प्रस्ताव
१९६० मा कमाठीपुरामा एक 'हाइ स्कुल'को स्थापना भयो। जहाँ यौन क्रियाकलापलाई बन्द गनुपर्ने कुरा उठ्यो। जसलाई गंगूबाईले विरोध गरिन्। उनी त्यसबारे कुरा गर्न तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेटन गइन्।
जहाँ उनलाई प्रधानमन्त्रीले भनेका थिए-उनी यो काममा किन आएको? उनले राम्रो काम र श्रीमान पाउन सक्थिन्!
प्रधानमन्त्रीको जवाफमा उनले भनेकी थिइन-आफूलाई श्रीमती बनाउने हो भने यौन क्रियाकलाप छोड्ने छिन्। जसलाई सुनेर प्रधानमन्त्रीले सिधै अस्विकार गरे।
तब गंगूबाईले भनेकी थिइन्-‘नरिसाउनु प्रधानमन्त्री ज्यू, मैले मेरो कुरा राखेको मात्र हुँ। सल्लाह दिनु सजिलो छ। तर त्यसलाई अपनाउनु मुश्किल!’
गंगूबाईको कुरा सुनेर प्रधानमन्त्रीले यौन क्रियाकिलापका कार्य बन्द नगर्ने बताएका थिए।
यौनक्रियामा जर्बरजस्ती आएका महिलालाई उद्धार गर्ने गंगूबाईको निधन २००८ मा भयो।
यौनकमीहरुका लागि देवता मानिने गंगूबाई अहिले दुनियाँमा छैनन्। तर उनको तस्विर भारतको जुनसुकै कोठीमा पनि झुडिरहेको छ।