ट्रक चालकहरुको प्रदर्शन अस्वीकार्यः टुडाे

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले देशभर ट्रक चालकहरुले गरेको प्रदर्शन अस्वीकार्य भएको बताएका छन्। राजधानी ओटावामा संसदमा बोल्दै ट्रुडोले कोभिड प्रतिबन्धको बचाउ गरे।

सरकारले ल्याएको प्रतिबन्धको विरोधमा ट्रक चालकहरुले लामो समयदेखि प्रदर्शन गदैै आएका छन्। सुरुमा राजधानीमा ट्रक तेर्साएर विरोध गरेका चालकहरुले अहिले देशव्यापी प्रदर्शन गरेका छन्।
    
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले लागू गरेको कोभिड प्रतिबन्धको बचाउ गरे। प्रदर्शनकारीले क्यानडा अमेरिका सीमामा समेत प्रदर्शन गरेका छन्। ‘अवरोध, गैरकानुनी प्रदर्शन स्वीकार्य छैनन् र यसले व्यवसाय र निर्माणमा नकरात्मक असर गरेको छ,’ ट्रुडोले भने। 

यसैबीच, प्रदर्शनकारीलाई कुनै पनि बेला पक्राउन गर्न सकिने र दोषी ठहर भएमा उनीहरुले मुल्य चुकाउनु पर्ने  ओटावा प्रहरीले चेतावनी दिएको छ। 

प्रकाशित मिति: : 2022-02-10 14:53:00

प्रतिकृया दिनुहोस्