एमसिसीको भेलमा निर्वाचन : गठबन्धनमा खटपट, लर्वराएको एमाले !

थाहा खबर

रमेश पराजुली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लाई लिएर नयाँ प्रस्ताव गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर अमेरिकालाई एमसिसी पास गर्ने प्रतिवद्धतासहितको पत्र पठाएका प्रचण्डले नयाँ प्रस्ताव सारेका हुन्। 

प्रचण्डले एमसिसी, स्थानीय तहको निर्वाचन, संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधलगायतका बिषयमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीसँग गरेको छलफलमा गठबन्धन जोगाएर आफ्नो प्रतिबद्धता छल्ने नयाँ अस्त्र ल्याएका हुन्। आइतबार भएको भेटवार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भने अनुपस्थित थिए। 

प्रकाशित मिति: : 2022-02-07 20:55:00

प्रतिकृया दिनुहोस्