रोल्पाको नास्ता पसलमा चरेशको व्यापार, महिला पक्राउ 

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङस्थित ‘झरना नास्ता’ पसलबाट एक महिला पक्राउ परेकी छन्। 

पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका–६ गुम्चाल घर भई हाल रुइनिबाङमा नास्ता पसल गर्दै आएकी ३० वर्षीया झलमलि बुढाथोकी रहेकी छन्। 

सो पसलमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाबाट खटेको प्रहरी टोलीले नास्ता पसल तलासी गर्दा महिलाको शरिरबाट अवैध लागूऔषध ब्राउनसुगर ११ पुरिया २४० मिलिग्राम र ६४ ग्राम लागूऔषध चरेश बरामद गरेको हो। 

पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2022-02-02 14:39:00

प्रतिकृया दिनुहोस्