पैसासँग जोडिएका अपराधको डरलाग्दो ग्राफ : छिटो कमाउन समात्दैछन् गैर कानुनी बाटो

पहिलोपोष्ट

काठमाडाैँ

पछिल्ला दिन प्रहरीका लागि चुनौती बन्न थालेको छ - पैसासँग जोडिएका अपराधका नयाँ नयाँ शैली। अपत्यारिलो उमेरका युवकको बैंक खातामा करोडौंको कारोबार होस् या अनलाइनबाट खेलाउने जुवा। एउटा व्यवसायको आवरणमा राजश्व छल्दै गर्ने धन्दा नै किन नहोस् लगातार ग्राफ बढिरहेको छ।

नपत्याए, २५ वर्षीय युवकको बैंक खातामा ३७ करोड रुपैयाँको कारोबारको समाचारले कसलाई आश्चर्यमा पारेन? चर्चित फ्रेन्चाइज 'बिइङ ह्युमन क्लोदिङ स्टोर'का संचालकले गरेको रक्सीदेखि ड्रग्स सम्मको कारोबार अनुमानभन्दा फरक होइन? एकै रेस्टुरेन्टमा ७४ जना युवालाई जुटाएर अनलाइन जुवा खेलाइने खुलासा चुनौतीको विषय होइन?

कानुनले बर्जित गरे पनि 'ओपन सेक्रेट' रहँदै आएको क्रिप्टो करेन्सीको कारोबारले वित्तीय अपराध फैलाएको देखाउँदैन? अनि लाखौ लाख स्रोत नखुलेका नगद भेटिनुको जोखिम?

प्रकाशित मिति: : 2022-02-02 09:50:00

प्रतिकृया दिनुहोस्