चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका  माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ।

लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए।

७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे। प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन्।

प्रकाशित मिति: : 2022-02-01 10:28:00

प्रतिकृया दिनुहोस्