श्रीमती भगाएकाे झाेकमा अमरले काटिदिए युवकका बुबाको हात 

Photo– l ivehindustan
Photo– l ivehindustan

भारतको राजस्थान राज्यस्थित उदयपुर शहरका एक युवकले श्रीमती भगाउने केटाका बुबामाथि तरवार प्रहार गरेका छन्।

अमर सिंह नामक ती युवकले श्रीमती भगाउने केटाका बुबालाई तरवार हानेर हात नै काटिदिएका हुन्।

आफ्नी श्रीमती स्थानीय कैलाश मेनारियाका छोराले भगाएपछि रिसाएका युवकले उनीमाथि आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ।

आफूलाई छाडेर श्रीमती भाग्नुमा केटाकै बुबाकाे हात रहेको युवकको आशंका छ। अमर सिंहले बदला लिन पसलमै पुगेर कैलाशको हात काटिदिएका हुन्।

तरवार प्रहार गरेपछि उनको हात नाडी छेउबाट चुडिएको छ। युवककी श्रीमती कैलाश मेनारियाका छोरा अनुग्रह मेनारियासँग प्रेममा थिइन्। अनुग्रहले पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेपछि अमरकी श्रीमती ताकेका हुन्।

उनले अमरका छोराछोरीसहित उनकी श्रीमतीलाई डुङ्गरपुरबाट भगाएर उदयपुर पुर्याएका छन्। लगतै, रिसले चुर भएका अमर सिंह उदयपुर पुगेर केटाका बुबामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-31 17:31:00

प्रतिकृया दिनुहोस्