नागिन–६ बाट उठ्यो पर्दा, नागिन बन्दै तेजस्वी प्रकाश

भारतीय टीवीका चर्चित निर्मातामध्येकी एक हुन्– एकता कपूर। 

जसलाई सिरियल ‘क्वीन’ पनि भनिने गरिन्छ। उनले धेरै चर्चित सिरियलहरु बनाइसकेकी छन्। जसमध्ये एक हो, नागिन। जसका कारण उनी चर्चामा आएकी थिइन्। 

उनले नागिन–५ सम्म बनाइसकेकी छन्। जसले ‘पपुलयारिटी’ पनि पाएको थियो। नागिन सिरियल दर्शकहरुको मन जित्न पनि सफल भएको थियो। जसकारण दर्शकहरु नागिन–६ को प्रतिक्षामा छन्। 

तर अब दर्शकहरुको त्यो पर्खाइ पनि सकिएको छ। एकताले दर्शकहरुलाई सप्राइज दिएकी छन्। बिग बोस–१५ को फिनालेमा नयाँ नागिनको पर्दा–फास भएको छ। 

किनकी शोका होस्ट सलमान खानले नै नागिन–६ की अभिनेत्रीलाई चिनाएका छन्। जहाँ नागिन बन्न लागेकी छिन्, बिग बोस–१५ की बिजेता तेजस्वी प्रकाश।

उनी नागिनको पहिरन लगााएर नाचेकी पनि थिइन्। उनी नागिन बन्ने भइसकेपछि सोशल मीडियामा निकै भाइरल बनिरहेकी छन्। 

उनको फेन्स उत्साहित बनेका छन्। ‘मैले आजसम्म नागिन हेरेको थिइनँ, अब हेर्नेछु’ एकले लेखेका छन्। 

प्रकाशित मिति: : 2022-01-31 13:03:00

प्रतिकृया दिनुहोस्