हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले  आईतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ तीन  पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६५ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८३ पैसा र बिक्री दर ८४ रुपैयाँ २५ पैसा  छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ आठ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

प्रकाशित मिति: : 2022-01-30 11:34:00

प्रतिकृया दिनुहोस्