नमूना कि गुणस्तरीय शिक्षा?

राज्यले जर्जर अवस्थामा पुगेका सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा पहिल्यै सक्षम रहेका विद्यालयमै लगानी थुपारेर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने उद्देश्य राख्नु युक्तिसङ्गत छैन।

हिमाल खबर

काठमाडौँ

शिक्षाले व्यक्तिलाई थोरै स्रोतसाधनबाट पनि योजनाबद्ध र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सिकाउँछ। शिक्षा आर्जन नगरेको व्यक्तिले यथेष्ट स्रोतसाधन पाउँदा समेत काममा प्रभावकारिता देखाउन सक्दैन भने शिक्षित व्यक्ति स्रोतसाधन अभावमा वैकल्पिक स्रोतको प्रयोग गरेर भए पनि  नतिजासम्म पुग्छ। कुनै पनि काममा प्रभावकारी र व्यवस्थित योजना तय हुनु भनेको त्यो काम आधा पूरा हुनु हो। त्यस्तो योजना बनाउने सीप शिक्षाले नै दिलाउने हो।

विश्व व्यवस्थालाई हेर्दा पनि सम्पन्न राष्ट्रहरू अनुसन्धान र योजनामा ठूलो रकम खर्चन्छन्, उपलब्धि पनि हात पार्छन्। तर अविकसित राष्ट्रहरू योजनाबिनै रकम खर्चिएका कारण उपलब्धि हासिल गर्न सक्दैनन्।

हामीकहाँ शिक्षाको तालुकदार निकाय शिक्षा मन्त्रालय आफैं अव्यवस्थित अनि योजनाविहीन क्रियाकलापका कारण समस्याको भासमा हराउन पुगेको छ। एकातिर शिक्षाक्षेत्रमा चाहेअनुरूप लगानी भएको छैन भने अर्कातिर उपलब्ध स्रोत-साधनसमेत व्यवस्थित र योजनाबद्ध रूपले प्रयोग हुन सकेको छैन।
 

प्रकाशित मिति: : 2022-01-30 10:51:00

प्रतिकृया दिनुहोस्