पैंतालामा बसेपछि जुत्ता
मान्छेकैे चालमा चलिरहन्छ
‘खुट्टाको जुत्ता बराबर’ भनेर मान्छे
जुत्ताकै अवमूल्यन गरिरहन्छ।
जुत्ताका रङ्ग विविध होलान्
जुत्ताका आकार विविध होलान्
तर, जुत्ताको काममा विभेद छैन
जुत्ताले दिने ढंगमा विभेद छैन
जुत्ताको मान्यतामा विभेद छैन
तर, पैंतालाहरुमाथिको विभेद
जुत्तालाई सह्य नभएपछि
एकदिन जुत्ताले भन्योे–
म सिसामहलमा रहुँ या झुप्रोबाहिर परुँ
म धुलो, हिलो, पिँधको साम्राज्यमै रमाउँछु
म पैंतालामा बसेर मान्छेलाई निधार सम्झाउँछु
म मान्छेको खुट्टा बोक्ने दुर्गन्ध जुत्ता हुँ
तर, मान्छेलाई जमिन सम्झाउने एक सत्ता हुँ।
मान्छेले भन्छ,‘जुत्ताले हैसियत देखाउँछ’
तर, जुत्ताले मान्छेलाई जमिन बताउँछ।
सुन्दर कविता । कविज्यु