दलालले थापेको जग्गाको मूल्य-पासो!

हिमाल खबर

रमेश कुमार
काठमाडौंको साँखुमा बिक्रीका लागि जग्गा ‘प्लटिङ’ गरिंदै। तस्वीरहरू: अमित मचामसी/हिमालखबर

घरजग्गाको अस्वाभाविक मूल्यवृद्धि र यसमा सीमित व्यक्तिको पकडले नागरिकको आवासको अधिकार र स्वस्थ अर्थतन्त्र दुवैलाई घातक असर पारेको छ।

काठमाडौं उपत्यकामा उपलब्ध हाउजिङ परियोजनामा सस्तोमध्येको एक मेरो सिटीले ललितपुरको हात्तीवनमा दुई बेडरुमको अपार्टमेन्ट कम्तीमा रु.८६ लाखमा बिक्री गरिरहेको छ। चक्रपथबाट साढे एक किमीको दूरीमा रहेको ६०० वर्गफिटको यो अपार्टमेन्ट ताक्नु श्रम शक्ति सर्वेक्षण २०७५ ले उल्लेख गरेको मासिक औसत रु.१७ हजार आठ सय कमाउने नेपालीका लागि आकाशको फल सरह नै हो। नेपाल सरकारको अधिकृतस्तरकै कर्मचारी (मासिक तलब रु.३५ हजार ९९०)ले पनि झण्डै २० वर्षको तलब अहिले नै एकमुष्ठ बुझाउँदा मात्रै यो अपार्टमेन्ट खरीदको क्षमता राख्छन्।

प्रकाशित मिति: : 2022-01-27 05:56:00

प्रतिकृया दिनुहोस्