लक्ष्यको तुलनामा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

file photo
file photo

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ।
    
यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए। कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए। कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए। 
 

प्रकाशित मिति: : 2022-01-26 14:19:00

प्रतिकृया दिनुहोस्