सिरियामा पाँच सयभन्दा बढी लडाकूद्धारा आत्मसमपर्ण

File Photo
File Photo

सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट आइएसका ५०० भन्दा बढी लडाकूहरुले आत्म समपर्ण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्म समपर्ण गरेका हुन। 

'आत्म समपर्ण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,' एक सरकारी अधिकारीले भने। आत्मसमपर्ण गरेका सवै लडाकूहरु कारागारमा राखिएका थिए। यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए। त्यही बेलामा धेरै लडाकूहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो।

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो। लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। लडाकू र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: : 2022-01-26 13:50:00

प्रतिकृया दिनुहोस्