यस कारण महिला नेतृत्व

संसारको आधा जनसङ्ख्या ओगटेका र दिगोपनाका लागि चाहिने गुण बोकेका महिला नै नेतृत्व हाँक्ने भूमिका र अवसरबाट वञ्चित हुनुले  समाजको दिगो भविष्यको कल्पनासम्म पनि गर्न सकिँदैन।

हिमाल खबर

काठमाडौँ

सामाजिक संस्था रोटरी क्लबमा एक वर्षअघि सदस्य भएकी मलाई रोटरी इन्टरनेशनलको सन् २०२२-२३ को अध्यक्ष महिलालाई छानिँदै छ भन्ने थाहा थियो। तर, यो चाहिं थाहा थिएन- रोटरीको ११५ वर्षे इतिहासमै महिलालाई नेतृत्व दिन लागिएको पहिलो पटक रहेछ।

योभन्दा अचम्म, तीन दशकअघिसम्म रोटरीमा नेतृत्व त परको कुरा, महिलाले सदस्य समेत बस्न नपाउने अवस्था रहेछ। अमेरिकाको क्यालिफोर्नियाको एक रोटरीले सन् १९७८ मा पहिलो पटक तीन महिलालाई सदस्यता दिंदा उक्त क्लबको मान्यता नै खारेज गरिएछ। पछि अदालतले थमौती गरिदिएपछि बल्ल त्यस रोटरी क्लबको मान्यता कायम भएको रहेछ। यिनै प्रवृत्तिहरूबाट प्रस्ट हुन्छ, अहिले पनि किन हरेक क्षेत्रमा पुरुषकै बाहुल्य छ भनेर।

आजकल धेरैले अब राज्यका हरेक क्षेत्रमा महिलाहरू प्रवेश गरिसकेको भन्दै अब महिला सशक्तीकरणको बहस आवश्यक नभएको तर्क गर्छन्। तर, अझै पनि नेतृत्वदायी अनि निर्णायक भूमिकामा महिलाको पहुँच छैन। उदाहरण सर्वत्र छन्।

 

प्रकाशित मिति: : 2022-01-24 11:08:00

प्रतिकृया दिनुहोस्