अनि नोराले सिन्दूर पुछिन्...

गत मंगलबार साँझको करिब दुई घन्टा कुञ्ज थिएटरमा बिताइयो। आरोहण गुरुकुलको आयोजनामा ‘पुतलीको घर’ हाल मञ्चन भइरहेको छ। उक्त नाटक हेनरिक इब्सेनको ‘अ डल्स हाउस’ को अनुदित संस्करण हो।

साहित्यमा इब्सेनका ‘सेलिब्रेटेड’ नाटकमध्येमा पर्छ, ‘अ डल्स हाउस।’ त्यसको नेपालीमा अनुदित संस्करण ल्याउने प्रयास गुरुकुल आरोहणका निर्देशक सुनिल पोखरेलले गरेका हुन्। यस नाटकसँगै करिब एक दशकअघि बन्द भएको गुरुकुल आरोहरणको दोस्रो इनिङ सुरु भएको भन्दा अत्युक्ति नहोला।

उक्त नाटक १ सय ३४ वर्षअघि लेखिएको थियो। अंग्रेजी साहित्यकै विद्यार्थी भएका कारण इब्सेनको उक्त नाटक अनि कथासारबारे पहिल्यै अवगत थिएँ। यद्यपि, नाटक हेर्ने उत्साहसँगै कुञ्ज थिएटर पुगिएको थियो। उक्त नाटकको मञ्चन गत पुस ३० बाट थालिएको थियो। 

प्रकाशित मिति: : 2022-01-22 14:55:00

प्रतिकृया दिनुहोस्