कोरोनासँग एक खेलाडीको भयंकर लडाइँ : ८३ लाख खर्चेर मृत्युको मुखबाट बचाइयो पत्नी र छोरीलाई

लोकान्तर

प्रकाश आचार्य

लोकेन्द्र भण्डारी लुम्बिनी क्षेत्रका चर्चित भलिबल खेलाडी हुन्। राष्ट्रिय भलिबल खेलाडी तथा ‘लेबल वान कोच’ भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थति सिर्जना गरिदियो, आफ्नै गर्भवती पत्नी शोभा र पेटको बच्चा बचाउन भगवान्लाई पुर्कार्दै सहयोगीसामु बिलौना गर्नुपर्ने अवस्था आयो।

कुरा गत भदौ महिनाको हो। कपिलवस्तुमा भलिबल ‘गेम’ थियो। ‘गेम’ सकेर आउँदा साढे २ वर्षको छोरालाई हनहनी ज्वरो आएको रहेछ। पत्नी शोभालाई पनि ज्वरो।

उनले मेडिकलमा लगेर चेकजाँच गराए। औषधि खाँदा ज्वरो घट्ने, औषधि छाड्दा आइरहने भयो। छोरालाई ज्वरो निको भयो तर पत्नी शोभालाई खोकी बढ्दै गयो।

सधैं गर्भ चेकजाँच गराइरहने शिला मेडिकल बुटवलमा लोकेन्द्रले पत्नीलाई पुर्‍याए। एक्सरे गर्दा छाती बढी नै खराब देखियो। स्त्रीरोग विशेषज्ञ डाक्टरले कोभिडको शंका गरेर पीसीआर जाँच गर्न निर्देशन दिइन्।

प्रकाशित मिति: : 2022-01-22 11:30:00

प्रतिकृया दिनुहोस्