यहाँ त महॅगी छ। अनुगमन नियन्त्रण छैन।
विदेशी थिचोमिचो छ। लिपुलेकमा बूट बजारिदैछ।
जयसिह धामीलाई महाकालीमा खसालेर मारिँदा
सरकार चुइक्क बोल्दैन।
विकास निर्माण जे भयो भयो। पूँजीगत खर्च ठप्प छ।
अर्थ तन्त्र डावाडोल छ। बैकले ॠण नदिने, लगानी नगर्ने भन्दैछन्।
महामारी बढिरहेको छ,
बजारमा सिटामाेल पाइन छोडेको छ।
किसानहरूले मलखाद पाइरहेका छैनन्।
अदालतको कुरा गरि साध्य छैन। आफू आफूमै पोलापोल गरिरहेछन् न्यायाधीशहरू। परमादेशको पर्दाफाश भैरहेछ।
आग्रही सभामुख
गैरसांसद्लाई राखेर संसद् संचालनको नौटंकी मंचन गरिरहेछन्। संविधान, कानून र संसदीय मूल्य, मान्यता र परम्पराको धज्जी उडाइरहेछन्।
स्थानीय चुनावको मिति आइसक्यो, सरकार मौन छ।
पाॅच वर्षे अवधि अगाडि चुनाव गराउनु प्रतिगमन हो भन्दै
जन्मिएको सत्ता गठबन्धन स्थानीय चुनावको बाटो छाडेर
केन्द्रीय चुनावतिरै लाग्दैछ। लाज हराएपछि।
देशमा राज्यविहीनताको अवस्था आयो।
सर्वत्र अस्तव्यस्तता।
अपवित्र गठबन्धनधारी परमादेशी सरकारको हविगतले
विदेशी शक्ति नेपाली भूमिमा परेड खेल्न थाले,
दक्षिण पन्थी प्रतिगामी शक्तिले शीर उठाउन थाले।।
परमादेशी कमफर्टेवल सरकार,
संविधान र कानुन बमोजिम चुनाव गराऊ।
फैसला जनताले गर्ने छन्।