इशा देओलको खुलासा– ‘बाबा हामीलाई छोडेर बाहिर जानु हुन्थ्यो’

koimoi
koimoi

बलिउडमा नाम चलेको परिवार हो– देओल फैमिली। ५० वर्षदेखि राज गदै आएका यी फैमिली फिल्म करियरसगैँ व्यक्तिगत कुराले पनि निकै चर्चामा आउने गरेका छन्। 

धर्मेन्द्रले इन्डस्ट्रीमा धेरै सुपरहिट फिल्म दिइसकेका छन्। उनी बलिउड प्रवेश अगावै विवाहमा बाधिसकेका थिए। उनले प्रकाश कौरसँग विवाह गरेका थिए। जसबाट उनको ४ जना सन्तान भयो। सनी देओल, बबी देओल अजेता, अजेता र विजेता।

यसपछि नै उनले बलिउडमा आफ्नो करियरको सुरुवात गरेका थिए। उनी बलिउड आएसँगै देओल परिवारमा तुफान मच्चियो। जसको कारण थिइन्–चर्चित अभिनेत्री हेमा मालिनी।

किनकी बलिउड आएपछि धर्मेन्द्रले हेमालाई मन पराउन थालेका थिए। जसकारण उनले परिवारसँग भलगडा गरेर हेमासँग विवाह गरेका थिए। तर उनले आफ्नो यी दुुई परिवारलाई समालेर राखे।

आफ्नो मातापिताको सम्बन्धकाबारे एक इन्टरव्यूमा इशाले भनेकी थिइन्–‘बालाखमा हामीसँग भेट्न बाबा सधैँ आउनुहुन्थ्यो तर एउटा कुरा चित्त बुुझदैन उनी रातमा हामीसँग हुन्थेन्। बाबाले हामीलाई रातमा छोडेर जानुहुन्थ्यो’ उनी सम्झिन्छन्, ‘जब बाबा घर हुनुन्थ्यो तब मलाई अच्चम लाग्थ्यो, कम आमासँग सोध थिए, बाबा ठिक त हुनुन्छ नी, उनी हामीसँग हुनुन्छ त।’

यस बयानलाई अगाडि बढाउदै इशाले भनिन् जब उनी ठूली हुँदै गइन् तब उनले बुझिन् उनको पिताले जे जति गरेका छन् त्यो नै धेरै हो। इशाका अनुसार पिताले दुुई परिवारको राम्रो हेरचाह गरे। उनी आफ्नो पहिलो श्रीमतीसँग पनि भेट्न जाने गथे।  

प्रकाशित मिति: : 2022-01-20 18:20:00

प्रतिकृया दिनुहोस्