मन्त्री रेणु यादवले दिइन् सिके राउतलाई ज्यान मार्ने धम्की [भिडियोसहित]

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन्।

बलिदानी दिवसको अवसरमा रौतहटको सदरमुकाम गौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) की नेतृ समेत रहेकी यादवले गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन्।

उनले गौर नरसंहार भएकै राइस मिलमा सिके राउतको हत्या गर्ने चेतावनी दिएकी हुन्।

तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए।

प्रकाशित मिति: : 2022-01-20 13:17:00

प्रतिकृया दिनुहोस्